आफैं गाडी चलाएर मन्त्रालयबाट निस्किएका गृहमन्त्री सुदनले के गरे पहिलो निर्णय

0 Shares

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएलगत्तै उनी सिंहदरबार पुगेर मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गर्दै सबै सेवा तथा कामहरू एकद्वार प्रणालीबाट अघि बढाइने बताएका छन्।

गुरुङले सो क्रममा भीआईपी लावालस्करका कारण जनतालाई असुविधा हुने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

“कम बोल्ने मान्छे हुँ। एक्सनमा जान्छु। जेनजीको माग अनुसार हामी आएको हो। सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,” उनले पदभार ग्रहणपछि भने।

उनले सेवा प्रवाह (सर्भिस डेलिभरी) सम्बन्धी गुनासा आउन नदिन कर्मचारीहरूलाई कडाइका साथ काम गर्न निर्देशन समेत दिएका छन्।

निर्णय गरेपछि उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किएका छन् । उनी आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् ।

सम्बन्धित समाचार

सबै