महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिएन अदालतले, मिसिल फिर्ता

0 Shares

काठमाडौं : महेश बस्नेत विरुद्ध पक्राउ अनुमति माग गर्दै पेश गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ।

धादिङकी शोभा पाठक ले यसअघि तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले पुनः अनुमति माग्दै मिसिल अदालतमा पेश गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्की को बेञ्चमा पेश भएको उक्त मिसिलमा पक्राउ अनुमति नदिइएको हो।

अदालतले एकपटक तामेलीमा राखिसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने ठहर गर्दै मिसिल फिर्ता गरेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै