एकान्तकुना यातायातबाट १५ बिचौलिया पक्राउ

0 Shares

काठमाडौं : यातायात कार्यालय एकान्तकुना बाट १५ जना बिचौलिया पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरप्रहरी वृत्त सातदोबाटो को संयुक्त टोलीले सेवाग्राहीलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती बिचौलियाले “फास्ट ट्र्याक” मा काम गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने गरेका थिए। लगातार गुनासो आएपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटो मा राखेर अनुसन्धान अघि बढाइएको छ। परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र ले घटनाबारे जानकारी दिएका हुन्।

सम्बन्धित समाचार

सबै