नेपालगञ्जमा युवतीको रहस्यमय मृत्यु : जलेको अवस्थामा भेटिएकी थिइन्, आफ्नी आमा र दिदीसहित पक्राउ परे प्रेमी

0 Shares

बाँकेको कोरियनपुर क्षेत्रमा शनिबार राति जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढा (गीता) को मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

स्थानीयले सडकमा जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक सिर्जनाको एक ३ वर्षीया छोरी रहेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, सम्बन्धविच्छेदपछि उनी मोहम्मद आरिफ ढपाली सँग प्रेम सम्बन्धमा थिइन् र नेपालगञ्ज–८ रानितलाउमा सँगै बस्दै आएकी थिइन्। स्थानीयका अनुसार उनीहरूबीच सम्बन्ध राम्रो नभएको र झगडासमेत हुँदै आएको थियो।

घटनाभन्दा दुई दिनअघि सिर्जनाले कुटपिटको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही आधारमा पक्राउ परेका आरिफलाई ‘अब झगडा नगर्ने’ शर्तमा प्रहरीले रिहा गरेको थियो। तर, रिहा भएकै रात सिर्जना आफ्नै कोठाभन्दा टाढा, आरिफको घर नजिकै जलेको अवस्थामा भेटिएपछि घटना शंकास्पद बनेको हो।

जिल्ला प्रहरी कार्यालय बाँके ले घटनामा संलग्नताको आशंकामा आरिफ, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक दिपक पातली का अनुसार तीनै जनामाथि गम्भीर अनुसन्धान भइरहेको छ।

स्थानीयले प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन्। यद्यपि, प्रहरीले हालसम्म मृत्युको ठोस कारण खुलिनसकेको जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

प्रहरीले संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा भ्रामक तथा द्वन्द्व फैलाउने टिप्पणी नगर्न र आधिकारिक जानकारी मात्र साझा गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै