0
Shares
काठमाडौं : राजकुमार अर्याल पक्राउ परेका छन्। सन नेपाल लाइफ इन्स्यारेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्याललाई केन्द्रीय अनुसन्धान ब्यूरो ले नियन्त्रणमा लिएको हो।
सोमबार दिउँसो कार्यालयबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यद्यपि, पक्राउको औपचारिक कारण भने सार्वजनिक गरिएको छैन।
प्रहरी स्रोतका अनुसार उनलाई वित्तीय अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बुझिएको छ।