0
Shares
१७ चैत, जनकपुरधाम।
धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा रहेको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
ढल्केवरको जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका–१३, मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन्। उनी सोही होटलमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान करिब ११ बजेतिर घटनाबारे जानकारी प्राप्त भएको हो। बिहान साढे ८ बजेतिर उनी आमा सीता विकसँगै होटल पुगेकी थिइन्।
प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार होटलको काउन्टर नजिकै लडेको अवस्थामा उनी मृत फेला परेकी थिइन्। मृत्युको कारण हालसम्म खुलेको छैन।
शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।