‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामालाई, जितिन् १० लाख

0 Shares

काठमाडौं । नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामाले जितेकी छन्। राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष उपाधि हात पार्दै १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्।

फिनालेमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो बने। टप ८ फाइनलिस्टहरूले मञ्चमा विभिन्न चरणमा दमदार प्रस्तुति दिएका थिए।

एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलको आयोजनामा भएको शोको निर्देशन माधवराज खरेलले गरेका थिए। कार्यक्रमको नेतृत्व निर्माता तथा आयोजक समिति प्रमुख डेविल सिंह राजपुत, यादव बहादुर थापा र परमानन्द चौधरीले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए।

फिनालेमा निर्णायकको भूमिकामा रिता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती रहेका थिए। कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्यालले गरेका थिए।

सम्बन्धित समाचार

सबै