निवर्तमान गृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालत ले खारेज गरेको छ।
अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्का ले दायर गरेको उक्त रिट संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइमै खारेज गरेको हो।
कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी को इजलासले निवेदन खारेज गर्ने निर्णय गरेको हो।
यसअघि १ चैतमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति कार्यालय समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
उक्त सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि राष्ट्रपतिको कार्यालयले नियुक्ति प्रक्रिया रोक्दै आएको थियो।
यसैबीच, रामचन्द्र पौडेल माथि आफ्नी छोरीलाई राष्ट्रिय सभा सदस्य बनाउने रुचिका कारण अर्यालको नियुक्ति रोकिएको आरोपसमेत लाग्दै आएको थियो।