मिस नेपाल नर्थ अमेरिका २०२६का लागि आवेदन खुला, ग्रान्ड फिनाले अब वासिङ्टन डी.सी.मा

0 Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ। आयोजक ड्रिम्स युनिभर्सल ले बिहीबारदेखि आवेदन प्रक्रिया सुरु भएको जनाएको हो।

यस वर्ष प्रतियोगिताको ग्रान्ड फिनाले पहिलो पटक वासिङ्टन डी.सी. मा आयोजना हुने भएको छ। यसअघि आठौँ संस्करणसम्म न्यूयोर्कमै हुँदै आएको प्रतियोगितालाई यसपटक नयाँ स्थानमा सारिएको हो।

आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठ का अनुसार यसपटक कार्यक्रम अझ भव्य र पृथक हुने अपेक्षा गरिएको छ। स्थानीय होस्टका रूपमा USA Entertainment (चन्द्र लामाको कम्पनी) ले सहकार्य गर्नेछ।

उनका अनुसार यस संस्करणमा नेपाली सिने क्षेत्रलगायत विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति रहनेछ। प्रतियोगिताको फिनाले जुलाई २५ (साउन ९) मा आयोजना हुनेछ।

प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानडामा बसोबास गर्ने १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन्। न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने मापदण्ड राखिएको छ।

‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुन लागेको हो। इच्छुकले प्रतियोगिताको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

सबै