एक्सन–लभ स्टोरी ‘कुम्भ’ जेठ १५ देखि प्रदर्शनमा

0 Shares

काठमाडौँ । निर्देशक तथा लेखक रन्धिर श्रेष्ठ को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

लामो समय म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय रहेका श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन्।

‘ए रस प्रोडक्सन’को ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर को समेत अभिनय रहेको छ।

एक्सन विधामा बनेको फिल्ममा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेल सहित रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।

फिल्मको छायांकन नेपालसँगै दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो। यसमा दक्षिण भारतीय कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको बताइएको छ।

फिल्मको छायांकन निर्देशक स्वयं रन्धिर श्रेष्ठ ले गरेका हुन् भने द्वन्द्व निर्देशन सञ्जय थापा ले गरेका छन्। निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्।

निर्देशक श्रेष्ठका अनुसार फिल्मको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिनेछ र त्यससँगै औपचारिक प्रचार अभियान सुरु हुनेछ।

सम्बन्धित समाचार

सबै