नीता ढुंगानाको निर्देशनमा फिल्म ‘पार्वती’को शुभमुहूर्त, कास्कीबाट सुरु भयो छायांकन

0 Shares

नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’को शुभमुहूर्त गर्दै औपचारिक छायांकन सुरु गरिएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सा गाउँमा शुभमुहूर्त समारोह सम्पन्न गर्दै फिल्मको सुटिङ थालिएको हो।

फिल्मको निर्देशन अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना ले गरिरहेकी छिन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछिन्। फिल्मको सुटिङ सुरु भएसँगै निर्माण टिमले भदौ १२ गतेलाई प्रदर्शन मिति तय गरेको छ।

फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार यतिबेला सबै कलाकारहरू सुटिङ सेटमै छन्। कार्यकारी निर्माता शंकर पाण्डे ले जानकारी दिँदै निरन्तर छायांकन भइरहेको बताए।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुंगानाले नै लेखेकी हुन् भने स्क्रिप्ट शिवम अधिकारी ले तयार पारेका हुन्। फिल्मको छायांकन सुदीप बराल ले गरिरहेका छन्।

क्रियटिभ निर्देशकका रूपमा सरोज अधिकारी रहेका छन्, जो पहिलो पटक फिल्म निर्देशनतर्फ पनि संलग्न भएका हुन्। फिल्मको सम्पादन साहिल खान ले गर्नेछन् भने पोस्टर डिजाइन रोयल भिमसेन ले गरेका छन्।

निर्माण पक्षले फिल्मको छायांकन करिब एक महिनासम्म चल्ने जानकारी दिएको छ। यसअघि नीता फिल्म्सबाट ‘ह्रस्वदीर्घ’ निर्माण गरिएको थियो।

सम्बन्धित समाचार

सबै