गत वर्ष फ्लप ‘सिटामोल’ बनाएका राजबहादुर सानेले गरे ‘गंगारानी’ बनाउने घोषणा

0 Shares

काठमाडौं — नेपाली फिल्म क्षेत्रमा सक्रिय लेखक तथा निर्देशक राजबहादुर साने ले नयाँ वर्ष २०८३ र आफ्नो जन्मदिनको अवसर पार्दै नयाँ चलचित्र ‘गंगारानी’ निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्रको औपचारिक जानकारी सार्वजनिक गरिएको हो।

राष्ट्रिय पुरस्कार विजेता सानेकै लेखन तथा निर्देशनमा तयार हुन लागेको ‘गंगारानी’ आगामी जेठ महिनाको अन्त्यतिर छायांकनमा जाने तयारीमा छ। प्रेमकथामा आधारित यस चलचित्रका कलाकार र प्राविधिक टिम भने अझै अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले बताएका छन्।

चलचित्रको घोषणा सँगै सार्वजनिक गरिएको थिम पोस्टरले दर्शकमाझ उत्सुकता थपेको छ। पोस्टरमा एक युवक गिटार बोकेर उभिएको र एक युवती गाडीमा अडेस लगाएर उभिएको दृश्य प्रस्तुत गरिएको छ। फिल्मले गरिब युवक र धनी युवतीबीचको प्रेमकथालाई मुख्य विषय बनाउने जनाइएको छ।

निर्देशक सानेको यो १२ औं फिल्म हो जसमा लगभग सबै फिल्म फ्लप भएका छन् । गत वर्ष उनी निर्देशित ‘सिटामोल’  वक्सअफिसमा नराम्ररी फ्लप भएको थियो । उनले ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता चलचित्रहरूमा काम गरिसकेका छन्।

लगभग सबै फिल्म फ्लप भएपनि सानेले ‘बुलाकी’बाट उत्कृष्ट पटकथातर्फको राष्ट्रिय पुरस्कार जितेका थिए।

 

सम्बन्धित समाचार

सबै