लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘कोटी कोटी प्रणाम’ घोषणा, सुर्खेतबाट छायांकन सुरु हुने

0 Shares

निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्मको घोषणा गरेका छन्। नयाँ वर्षको अवसर पारेर मंगलबार उनले फिल्म ‘कोटी कोटी प्रणाम’ निर्माण गर्ने औपचारिक घोषणा गरेका हुन्।

उनले गत वर्ष प्रदर्शन भएको ‘सतीदेवी’ बाट प्रशंसा बटुलेका थिए ।

घोषणा अघि काठमाडौंको गौरीघाटस्थित हनुमान मन्दिरमा हनुमान पूजन, सामूहिक १०८ हनुमान चालीसा पाठ र हवनसमेत गरिएको थियो।

फिल्म घोषणा सँगै सार्वजनिक गरिएको ‘टाइटल पोस्टर’मा शीर्षक केसरी रङमा प्रस्तुत गरिएको छ र धर्म ध्वजाको दृश्य पनि देखिन्छ, जसले सुरुमा धार्मिक कथावस्तु जस्तो संकेत गर्छ।

तर फिल्म धार्मिक कथामा आधारित होइन।

फिल्मले विशुद्ध सामाजिक विषयवस्तुमा आधारित पारिवारिक पुनर्मिलनको कथा पर्दामा प्रस्तुत गर्नेछ ।

उनका अनुसार फिल्मले समाजलाई सोच्न बाध्य पार्ने गहिरो विषय उठाउनेछ।

फिल्मको छायांकन भदौ पहिलो साताबाट कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुनेछ। हाल कलाकार र प्राविधिक टिम भने फाइनल भइसकेको छैन। फिल्ममा नयाँ र पुराना कलाकारको संयोजन रहनेछ र अहिले कास्टिङ प्रक्रिया जारी छ।

दिलासा क्रियसनको ब्यानरमा बन्ने यो फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन तथा गीत रचना रहनेछ।

सम्बन्धित समाचार

सबै