पल शाह नभएपनि ‘महाराजधिराज’मा भयो पूजा शर्माको इन्ट्री, पु्ष्पसँग कति जम्ला त जोडी ?

0 Shares

काठमाडौं — निर्माणाधीन फिल्म महाराजधिराज मा अभिनेत्री पूजा शर्मा औपचारिक रूपमा अनुबन्ध भएकी छिन्। निर्माण पक्षले उनलाई मुख्य भूमिकामा भित्र्याएको जनाएको छ।

यसअघि फिल्ममा केकी अधिकारीहेमन्त बुढाथोकी पनि जोडिइसकेका छन्। कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुगेसँगै फिल्मको स्टारकास्ट थप बलियो बन्दै गएको निर्माण टिमले जनाएको छ।

यसअघि नयाँ वर्षको अवसरमा पुष्प खड्का लाई मुख्य भूमिकामा अनुबन्ध गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो।

पिरियड ड्रामाको झल्को दिने महाराजधिराज यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ।

निर्देशक परिच्छेद सेन को लेखन तथा निर्देशनमा बन्ने फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।

निर्माण टिमका अनुसार फिल्ममा करिब ८० जना कलाकार समेटिनेछन्। पुराना र नयाँ पुस्ताको मिश्रणमार्फत कथालाई भव्य रूपमा प्रस्तुत गर्ने लक्ष्य लिइएको छ।

फिल्मका प्रस्तुतकर्ता विराज विष्ट ले बलियो स्टारकास्टअनुसार फिल्म पनि उत्तिकै बलियो हुने दाबी गरेका छन्।

छायांकन सुनसरीको श्रीलंका टापु बाट सुरु हुनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा फिल्म खिचिनेछ। छायांकन नवराज थापा ले गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालि को ब्यानरमा बन्ने फिल्मको लेखन पनि निर्देशक सेनले नै गरेका हुन्।

निर्माता टिममा रवि खड्का, शिवराज पौडेलटोपेन्द्र विष्ट रहेका छन्।

फिल्मलाई आगामी बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

सबै