युट्युब ट्रेन्डिङमा उकालो लागिरहेको छ ‘लालीबजार’को ट्रेलर, पुग्यो मुभी चार्टमा नम्बर २ मा, वक्सअफिसमा के होला ?

0 Shares

काठमाडौं — षट्कोण आर्ट्सको ब्यानरमा बनेको नेपाली फिल्म लालीबजार को ट्रेलर सार्वजनिक भएपछि दर्शक तथा सेलिब्रेटीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ट्रेलर हाल मुभी चार्टमा नम्बर २ स्थानमा पुगेको छ।

वैशाख ४ गते सार्वजनिक गरिएको ट्रेलर छोटो समयमै युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अहिले उच्च स्थानमा पुगेको हो। सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरिरहेका छन्।

यो समाचार तयार पार्दासम्म फिल्मले ५ लाख ३० हजार भ्यूज पाइसकेको छ भने ३ सयबढि कमेन्ट पाइसकेको छ

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का को दमदार अभिनय विशेष चर्चामा छ। उनले बादी समुदायकी महिलाको भूमिकामा प्रस्तुत गरेको अभिनयलाई दर्शकले अत्यन्तै प्रभावकारी बताएका छन्।

ट्रेलरमा आमा–छोरीको भावनात्मक कथा र बादी समुदायमा देखिने सामाजिक कुप्रथा ‘नाथिया’ लाई मुख्य विषयवस्तु बनाइएको छ। छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई फिल्मले केन्द्रमा राखेको छ।

स्वस्तिमासँगै रवीन्द्र सिंह बानियाँ, बाल कलाकार समाइरा थापा तथा डेब्यु कलाकार प्रशंसा सुवेदीविशाल देवकोटा को अभिनय पनि प्रशंसित भइरहेको छ।

फिल्म निर्माण टिम षट्कोण आर्ट्सले यसअघि जात्रा, जात्रै जात्रा, महापुरुषमहाजात्रा जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।

यम थापा निर्देशित फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको कथा आमा–छोरी सम्बन्ध र सामाजिक यथार्थमा आधारित छ।

फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो। फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गते तय गरिएको छ।

संगीत पक्षमा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको योगदान रहेको छ। गीतहरू युट्युब, टिकटक र रील्समा पनि लोकप्रिय बनेका छन्।

फिल्मको क्रिएटिभ निर्देशन जेबी रुवाली, द्वन्द्व निर्देशन सम्राट बस्नेत, सम्पादन मित्रदेव गुरुङ र संगीत संयोजन रोहित शाक्य तथा शैलेश श्रेष्ठले गरेका छन्।

निर्माण पक्षले ‘लालीबजार’लाई सामाजिक यथार्थ र भावनात्मक कथाको शक्तिशाली प्रस्तुति हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै