साता दिनमा ‘राम नाम सत्य’ले २ करोड ७८ लाख कमाउँदा विपिनको ‘पहाड’को कमाइ कमजोर

0 Shares

काठमाडौं — चलचित्र विकास बोर्ड ले पछिल्लो शनिबारसम्म प्रदर्शनरत नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार केही फिल्मले राम्रो व्यापार गर्दा केहीको प्रदर्शन कमजोर देखिएको छ।

विराज भट्ट अभिनीत फिल्म राम नाम सत्य ले कुल २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ। सो अवधिमा फिल्मका ९७ हजार २०५ वटा टिकट बिक्री भएका छन्।

त्यसैगरी निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म पहाड को कमाइ भने कमजोर देखिएको छ। शनिबारसम्म फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ।

फिल्म ‘पहाड’लाई सोही अवधिमा १४ हजार ३१८ दर्शकले मात्र हेरेको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार

सबै