चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित

0 Shares

काठमाडौं — चलचित्र पत्रकार संघ नेपाल को अध्यक्षमा समीर बलामी पुनः निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा १०औं महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

निर्वाचनमा बलामीले आफ्ना प्रतिस्पर्धी जीवन कुमार पराजुलीलाई पछि पार्दै सर्वाधिक ९५ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा ७३ मतसहित रघुनाथ सापकोटा निर्वाचित भएका छन् भने कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य निर्विरोध चयन भएका छन्। महिला उपाध्यक्षमा ७५ मतसहित दीपज्योति थापा निर्वाचित भएकी छन्। उनी यसअघि पनि सोही पदमा निर्वाचित भइसकेकी थिइन्।

महासचिव पदमा चार जनाबीच भएको प्रतिस्पर्धामा गोपिकृष्ण चापागाईं ५४ मतसहित विजयी भएका छन्।

खुला सचिव पदमा मदन रिजालले १४० मतमध्ये ९४ मत प्राप्त गर्दै दोस्रो सर्वाधिक मतसहित जित हासिल गरेका छन्। समावेशी सचिव पदमा महम्मद जालिम निर्विरोध चयन भएका छन्।

कोषाध्यक्ष पदमा मनिष अन्जान (दाहाल) ७४ मतसहित निर्वाचित हुँदा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी भएका छन्।

सदस्य पदमा सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध चयन भएका छन्।

संघको विधानअनुसार थप दुई सदस्य मनोनीत गर्न सकिने व्यवस्था रहेको छ। यसअघि धुव्रराज न्यौपाने मनोनीत भएका थिए भने यसपटक पनि एक जना सदस्य मनोनीत गरिने जनाइएको छ।

सम्बन्धित समाचार

सबै