प्रधानमन्त्री बालेन शाह तथा गृहमन्त्री सुधन गुरुङलाई गोली हान्छु भन्ने साजन विष्ट पक्राउ परेका छन् ।
सानुभाइ भनिने विष्टले फेसबुकबाट ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भनेका थिए।
बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले सानुभाई नामको फेसबुक आईडीबाट ओली, लेखक र पूर्वउर्जा मन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न भन्दै अन्यथा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न टिम बाध्य हुने धम्की दिएका थिए ।
उनले यसका लागि एके४७ जस्ता अध्याधुनिक हितयारहरु काठमाडौं भित्रिसकेको बताएका थिए । यसरी धम्की दिने सानुभाईलाई सिनामंगलबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।
उनी पछिल्लो पाँच वर्षदेखि भारतको बैंग्लोरमा बस्दै आएका थिए । जहाँ उनले फेन्सी स्टोरमा काम गर्ने गरेको पाइएको छ । उनी भारतमा रहँदा पनि विभिन्न अपराधमा मुछिएको प्रहरीको भनाइ छ ।