रितेश देशमुखको ‘राजा शिवाजी’ नेपाल आउने पक्का तर स्वस्तीमालाई दिनसक्नेछैन टक्कर !

0 Shares

बलिउड अभिनेता रितेश देशमुखको महत्वाकांक्षी फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ। मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यो फिल्म मे १ (वैशाख १८ गते) देखि नेपालमा पनि रिलिज हुने भएको हो।

नेपालका लागि फिल्मको वितरण अधिकार नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले लिएका छन्। साथै, नेपालमा फिल्म प्रदर्शन हुने दिन काठमाडौंमा विशेष शो समेत आयोजना गरिने भएको छ।

फिल्मलाई स्वयं रितेश देशमुखले निर्देशन गरेका हुन् र उनले शिवाजी महाराजको मुख्य भूमिकामा समेत अभिनय गरेका छन्। फिल्ममा जेनेलिया डिसुजा, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन, बोमन इरानी र महेश मान्जरेकर लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसमा अभिनेता सलमान खानको विशेष भूमिका पनि रहेको जनाइएको छ।

यसै फिल्ममार्फत रितेशले आफ्ना छोरा राहिल देशमुखलाई पनि अभिनयमा डेब्यू गराएका छन्, जसले छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निभाएका छन्।

जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाको निर्माणमा बनेको यो फिल्मको बजेट एक अर्ब भारतीय रुपैयाँभन्दा बढी रहेको बताइएको छ। फिल्म मराठी र हिन्दी दुवै भाषामा निर्माण गरिएको हो।

यही मितिमा स्वस्तिमा खड्काको ‘लालीबजार’ रिलिज हुँदैछ । ‘राजा शिवाजी’  स्वस्तीमाका लागि खासै खतरा पैदा गराउने सिनेमा हैन। रितेश नेपालमा चिनिएका कलाकार भएपनि वक्सअफिसमै कब्जा जमाउने बलिउड कलाकार होइनन् । त्यसकारणले ‘लालीबजार’ यसबाट खुनै खतरामा छैन तर केही शो संख्यामा भने केही प्रभाव पार्न सक्छ तर त्यो त्यति प्रभावकारी हुने छैन ।

सम्बन्धित समाचार

सबै