0
Shares
काठमाडौं — नेपाली फिल्म क्षेत्रमा उदाउँदै गरेका अभिनेता गौरव विष्ट ले नयाँ फिल्म ‘एक मुठी बादल’का लागि उल्लेखनीय शारीरिक परिवर्तन गरेका छन्। रंगमञ्चबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनी पछिल्लो समय लगातार अभिनय यात्रामा सक्रिय छन्।
दुई वर्षअघि फिल्म ‘परस्त्री’ बाट डेब्यु गरेका बिष्टको नयाँ फिल्म ‘एक मुठी बादल’ प्रदर्शनको तयारीमा छ। फिल्ममा उनी आँचल शर्मा लगायत कलाकारसँग देखिनेछन्।
हालै सार्वजनिक भएको क्यारेक्टर पोस्टरमा उनको वास्तविक जीवनको लुक र फिल्मको चरित्रबीच स्पष्ट भिन्नता देखिएको छ। उक्त भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएको निर्माण पक्षले जनाएको छ।
चरित्रमा पूर्ण रूपमा डुब्न शारीरिक रूपान्तरणसम्म पुगेका बिष्टको अभिनय कस्तो रहन्छ भन्ने कुरा फिल्म प्रदर्शनपछि नै स्पष्ट हुने अपेक्षा गरिएको छ। फिल्म जेठ १ गतेदेखि प्रदर्शनमा आउनेछ।