निर शाहको ‘कमला मिस’ साउन २२ मा रिलिज, दशकपछि निर्देशनमा पुनरागमन

0 Shares

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह को निर्देशनमा निर्माण भएको फिल्म कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको छ।

बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको औपचारिक रिलिज डेट सार्वजनिक गरिएको हो। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्टएफडी कम्पनी ले संयुक्त रूपमा वितरण गर्नेछन्।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह स्वयंका साथै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीसंजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्लचैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन्। फिल्मको कथा विजय मल्ल को हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलालसुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका छन्।

प्राविधिक पक्षमा फिल्ममा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुबेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन्।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसानसेतोबाघ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

सम्बन्धित समाचार

सबै