काठमाडौं । नयाँ नेपाली फिल्म अक्षरा को शुभमुहूर्त सम्पन्न भएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिर मा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।
मुहूर्त समारोहमा क्यामेरा दिनेश महरा ले चलाएका थिए भने रोल शंकर महर्जन, एक्सन कट मधुसूदन भट्टराई र क्ल्यापिङ लव प्याकुरेल ले गरेका थिए। नरिवल दीपक दंगाल ले फुटाएका थिए।
फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारी को अभिनय रहनेछ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि फिल्ममा देखिनेछन्।
क्षित बाबु प्रोडक्सन हाउस को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मका निर्देशक बिनय राज पौडेल हुन्। सहायक निर्देशकका रूपमा लामो समय काम गरेका बिनयले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।
फिल्ममा गीत सुरेन्द्र राना ले लेखेका छन् भने संगीत कर्णराज गिरी को रहनेछ। कोरियोग्राफी रामजी लामिछाने ले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जन को हुनेछ।
श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र छायांकन दिपेन बस्न्यात ले सम्हाल्नेछन्। निर्माण व्यवस्थापकमा सुमन काफ्ले रहेका छन् भने पोस्टर डिजाइन राकेश दाहाल ले गरेका छन्।
फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रालि मार्फत दीपक दंगाल ले गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन्। सम्पादन गौतमराज खड्का ले गर्नेछन्।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवी ले तयार पारेका हुन्।