काठमाडौं । गायिका तथा मोडल करुना राई को स्वर तथा अभिनयमा तयार भएको नयाँ गीत ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा रोमान्टिक शैलीको गीतको भिडियो रिलिज गरिएको हो।
पूर्वेली भाकामा आधारित गीतमा राजकुमार बगर र करुना राईको स्वर रहेको छ। गीतका शब्द हरि सापकोटा ले लेखेका हुन् भने संगीत शंकर बराइली को रहेको छ।
गीतको भिडियोमा महानायक राजेश हमाल र करुना राई रोमान्टिक अवतारमा देखिएका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र पाण्डे ले गरेका हुन्।
भिडियोमा छायांकन रामकृष्ण चौलागाईं र सम्पादन विकास दाहाल को रहेको छ।
गीत सार्वजनिक कार्यक्रममा करुना राईको जन्मदिनसमेत मनाइएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भएका अभिनेता धिरेन शाक्य ले करुनालाई शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै राजेश हमालले म्युजिक भिडियो र फिल्म दुवै कला क्षेत्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै कलाकारले सबै प्रकारका माध्यममा काम गर्न सक्नुपर्ने बताए।
गायिका करुना राईले राजेश हमालसँग पाँचौं पटक सहकार्य गर्न पाउनु आफ्नो लागि विशेष र सम्झनलायक अनुभव भएको बताइन्। अभिनेता धिरेन शाक्यले पनि हमाल र करुनाको जोडी निकै सुहाएको भन्दै गीतको प्रशंसा गरेका थिए।