‘गौथली’ साउन १ मा रिलिज हुने

0 Shares

काठमाडौँ । नेपाली चलचित्र इतिहासमा भावनात्मक र प्रतिष्ठित नामका रूपमा चिनिने ‘गौथली’ अब नयाँ स्वरूपमा पुनः दर्शकमाझ आउँदैछ। झण्डै दुई दशकअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा बनेको फिल्मले प्रदर्शनको ५१ दिन पूरा गर्दै सफल यात्रा तय गरेको थियो।

अब सोही विरासतलाई नयाँ शैलीमा प्रस्तुत गर्दै निर्माण गरिएको नयाँ संस्करण ‘गौथली’ साउन १ (जुलाई १७) बाट देशभर प्रदर्शनमा आउने भएको छ।

फिल्म निर्देशन डा. कपिल रिजालले गरेका हुन्। उनले यसअघि ‘ह्यारीकी प्यारी’ निर्देशन गरेका थिए, जसमा जितु नेपालसाम्राज्ञी राज्यलक्ष्मी शाह प्रमुख भूमिकामा थिए।

नयाँ ‘गौथली’मा अरुण क्षेत्रीसिम्रन खड्का मुख्य भूमिकामा देखिनेछन्।

फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायतको अभिनय रहेको छ। बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली देखिनेछन्।

वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखनमा डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

फिल्मको प्रतीकात्मक अर्थ ‘घर, परिवार र आपसी सामीप्यता’ रहेको निर्माण पक्षले जनाएको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा छन्।

फिल्ममा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पार्श्व संगीत एलिस कार्कीले तयार पारेका छन्।

छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।

मुख्य सहायक निर्देशक गिरिराज घिमिरे रहेका छन् भने सहायक निर्देशकमा आर्यन अधिकारी र बुद्धि नेपाली छन्। ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका छन्।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल अधिकार OSR Digitalसँग रहेको छ।

सम्बन्धित समाचार

सबै