जितु नेपालको ‘आइ एम जीत बहादुर’ असार ५ बाट प्रदर्शनमा

0 Shares

काठमाडौँ । अभिनेता तथा निर्माता जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।

यसअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।

फिल्मको निर्देशन भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले गरेका हुन्। फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको यात्रा प्रस्तुत गर्छ।

जितु नेपाल फिल्मको मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्रीदेशभक्त खनाललगायत कलाकारको अभिनय रहेको छ। निर्माण टिमका अनुसार कलाकारहरूको यस्तो संयोजनले दर्शकमा थप उत्साह बढाउने अपेक्षा गरिएको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन्। राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।

फिल्मको छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्दले गरेका हुन् भने सम्पूर्ण पोस्ट–प्रोडक्सन भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

कथा तथा निर्देशन सुभेन्दु घोषकै रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार OSR Digitalले खरिद गरेको छ।

जितु नेपालले तीन दशकभन्दा बढीको कलाकार यात्रामा दर्जनौँ फिल्म र टेलिचलचित्रमा अभिनय गरिसकेका छन्।

सम्बन्धित समाचार

सबै