0
Shares
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ को घर तथा विभिन्न कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
स्रोतका अनुसार विभागको टोलीले शुक्रबार काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयका साथै हेटौंडामा रहेको घर तथा कार्यालयमा एकसाथ अनुसन्धानात्मक छापा अभियान चलाएको हो।
छापा किन मारिएको भन्नेबारे विभागले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
ईन्द्रबहादुर बानियाँ हाल नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री हुन्।