‘परालको आगो’मा समावेश गीत ‘बिरही बतास’ सार्वजनिक, हलमै चलिरहँदा थपियो प्रमोशन

0 Shares

प्रदर्शनरत नेपाली फिल्म ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘बिरही बतास’ सार्वजनिक गरिएको छ। फिल्म हाल हलमा प्रदर्शन भइरहेको बेला निर्माण टिमले आइतबार उक्त गीतको भिडियो युट्युबमार्फत रिलिज गरेको हो।

गीतमा स्वरूपराज आचार्य को स्वर, सुरेन्द्र राना को शब्द रचना तथा सत्य–स्वरूप को संगीत रहेको छ।

संगीत संयोजन रिकेश गुरुङ ले गरेका हुन् भने रेकर्डिङ राजेश श्रेष्ठ ले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ किशोर थापा ले सम्पन्न गरेका छन्।

निर्माण पक्षका अनुसार ‘बिरही बतास’ सार्वजनिक भएसँगै फिल्मको प्रचार–प्रसारमा थप टेवा पुगेको छ। गीतले फिल्मको कथावस्तुलाई अझ गहिरो बनाउने र दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

‘परालको आगो’ मा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्लसृजना अधिकारी मुख्य भूमिकामा छन्।

त्यसैगरी शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपानेमञ्जिल बानियाँ ले पनि अभिनय गरेका छन्।

‘परालको आगो’ लाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन् भने हरिओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा सुसिल पोखरेल ले निर्माण गरेका हुन्। फिल्मले प्रदर्शनको नवौं दिनमा ३ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षको दाबी छ।

सम्बन्धित समाचार

सबै