धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा रिलिज हुने

0 Shares

काठमाडौं — निर्देशक तथा निर्माता अनिल योञ्जन को निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शनमा आउने भएको छ। फिल्म काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको हो।

निर्देशक अनिल योञ्जन का अनुसार वितरक र प्रदर्शकसँगको छलफलपछि फिल्मको रिलिज मिति तय गरिएको हो। उनले फिल्मको प्राविधिक काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार ‘कुस्ती’ दुई फरक स्वभाव भएका तर एकअर्काबिना रहन नसक्ने जोडीको भावनात्मक यात्रा हो। फिल्ममा प्रेम, संघर्ष र हास्यको मिश्रण रहेको छ।

फिल्ममा मुख्य भूमिकामा धिरज मगरमिरुना मगर रहेका छन्। साथै पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्ममार्फत दीकिला शेर्पा ले नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। उनले यसअघि सौन्दर्य प्रतियोगिता र अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत पहिचान बनाइसकेकी थिइन्।

निर्देशक अनिल योञ्जन का अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारबारे पनि छलफल भइरहेको छ र केही देशमा प्रदर्शनबारे अन्तिम चरणको वार्ता चलिरहेको छ।

‘कुस्ती’ मा छायांकन उमङ्ग शाही, सम्पादन मित्रदेव गुरुङ, संगीत दीपक शर्मा, अनिल योञ्जनकल्याण सिंह, कलर करेक्सन रेनिश फागो, पृष्ठभूमि संगीत शैलेश श्रेष्ठरोहित शाक्य तथा नृत्य निर्देशन शिशिर खाती ले गरेका छन्।

फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। ड्रेस डिजाइन आइआइएफटीले गरेको हो। वितरणको जिम्मा काठमाडौं रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले लिएका छन्।

सम्बन्धित समाचार

सबै