रवि पत्नी निकिताको गालीबेइज्जती मुद्दा अदालतबाट खारेज, अनलाइनखबर, कान्तिपुर, नागरिक, उकेरा, २९ मिडियाविरुद्धको दाबी नपुग्ने ठहर

0 Shares

काठमाडौं — सहकारी ठगी प्रकरणसँग जोडिएको समाचारका कारण आफ्नो गालीबेइज्जती भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल ले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ।

अदालतले सोमबार निकिता पौडेल को दाबी पुष्टि हुने पर्याप्त आधार नभेटिएको ठहर गर्दै रिट खारेज गरेको हो।

उक्त मुद्दामा धर्मराज भुसाल सहित विभिन्न सञ्चारमाध्यमका २९ जनाविरुद्ध रिट दायर गरिएको थियो।

यो विवाद त्यसबेला सुरु भएको थियो, जब २०८० चैत २१ गते काठमाडौं महानगरपालिकाले निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको ‘साई स्वागत बचत तथा ऋण सहकारी’मा छापा मारेको थियो। त्यस समयमा रवि लामिछाने तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए।

हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन शाह ले नेतृत्व गरेको महानगरले सहकारीमा छापा मारेपछि त्यससम्बन्धी विवरणसहित आधिकारिक वक्तव्य सार्वजनिक गरेको थियो।

अनलाइनखबर लगायतका सञ्चारमाध्यमले महानगरको सोही वक्तव्यलाई आधार बनाएर समाचार प्रकाशित गरेका थिए। त्यसपछि निकिता पौडेल ले आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गर्दै विभिन्न मिडियाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन्।

रिटमा अनलाइनखबर, कान्तिपुर, नागरिक, उकेरा, अर्थ सरोकारजनआस्था लगायत सञ्चारमाध्यमका २९ जना प्रतिवादी बनाइएका थिए।

सम्बन्धित समाचार

सबै