करण राईको ‘यो के गरेको तिमीले’ गीत सार्वजनिक, भिडियोकै लागि गरे कपाल मुण्डन

0 Shares

द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राई को नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ।

यो गीतमा डम्बर नेपालीको शब्द र संगीत छ भने गोपाल रसाइलीले एरेञ्ज गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ देबेश राईले गरेका हुन्।

गीतसँगै करण राई युट्युब च्यानलमा सार्वजनिक गरिएको मर्मस्पर्शी म्युजिक भिडियोले दर्शकलाई भावुक बनाउनेछ। शान थापाको निर्देशन र करणकै कन्सेप्टमा तयार भएको भिडियोमा एक वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ।

भिडियोको कथा कुलतमा फसेकी युवती र उनलाई प्रेम गर्ने एक युवकको कथा हो।

प्रेमीले माया गर्दा भोग्नुपरेका दुःख, स्वार्थ, र वियोगका भावनालाई फिल्मी शैलीमा उतारिएको छ। भिडियोमा करण राई र कृशला तामाङले अभिनय गरेका छन्, जहाँ उनीहरूको दमदार प्रस्तुति देख्न सकिन्छ।

भिडियोको यथार्थपरक प्रस्तुतीका लागि करणले आफ्नो डेडलक कपाल मुण्डन गरेका छन्।

भिडियोमा दिनेश पराजुलीको छायांकन, बिबेक सुनारको सम्पादन, र सुप्रिम पराजुलीको कलर रहेको छ।

यो गीत र भिडियोले करणको गायक र अभिनेता दुवैका रूपमा प्रतिभालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार

सबै