‘रोल नं १’ को टिम सिधै कक्षाकोठामा: विद्यार्थीको मनोविज्ञान हल्लाउन मुकुन भुसालको यस्तो ‘सप्राइज’ इन्ट्री!

0 Shares

 नेपाली फिल्म क्षेत्रमा एउटा फरक हलचल सुरु भएको छ। प्रतिक्षित चलचित्र ‘रोल नं १’ को निर्माण टिम यतिबेला काठमाडौं छोडेर मोफसलका विद्यालयहरूमा ‘छापा’ मारिरहेको छ। “हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा” भन्ने कडा स्लोगनका साथ कलाकार मुकुन भुसाल, रेणु योगी र गायक प्रशान्त शिवाकोटीको टोली पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका विद्यार्थीहरूसँग सिधै भिडन्त (अन्तरक्रिया) गर्न पुगेको छ।

के यो चलचित्रले अहिलेको ‘फ्लप’ शैक्षिक प्रणालीको पोल खोल्ने त होइन? निर्माता विनोद पौडेलका अनुसार यो फिल्मले बालमनोविज्ञानमा शैक्षिक प्रणालीले पारेको नकारात्मक असर र त्यसको डरलाग्दो परिणामलाई पर्दामा उतार्नेछ।

जेठ १५ गते (गणतन्त्र दिवस) को दिन देशभरका हलहरूमा ‘गड्याङगुडुङ’ मच्चाउन तयार यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। म्याग्दीका रमणीय ठाउँमा खिचिएको यो फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि एकसाथ तहल्का मच्चाउने दाबी गरिएको छ। के तपाइँको कक्षाकोठामा पनि ‘रोल नं १’ को टिम आउँदैछ त? तयार रहनुहोस्!

सम्बन्धित समाचार

सबै