‘आ बाट आमा २’मा सबिन श्रेष्ठको इन्ट्री

0 Shares

चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’मा अभिनेता सबिन श्रेष्ठको प्रवेश भएको छ। निर्देशक तथा निर्माता पन्तले उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकमा अनुबन्ध गरेका हुन्।

यसअघि नै फिल्ममा पल शाह, विपना थापाआकाश श्रेष्ठ लगायत कलाकार अनुबन्ध भइसकेका छन्। निर्माण टिमले गत सोमबार बिहान पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त समेत सम्पन्न गरेको थियो।

गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ व्यावसायिक रूपमा सफल फिल्म बनेपछि यसको सिक्वेल निर्माण गर्न लागिएको हो। ‘आ बाट आमा २’मा पल शाह, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट, नरेन खड्का लगायत कलाकारहरूको अभिनय रहनेछ।

फिल्मकी मुख्य अभिनेत्री को हुने भन्ने विषयलाई भने निर्माण पक्षले हालसम्म गोप्य राखेको छ। निर्माण टिमले केही सातापछि फिल्म फ्लोरमा जाने तयारी गरेको जनाएको छ। आगामी दसैंलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार गर्नेछन्। RR Filmsले वितरण गर्ने फिल्म Arya Entertainment Pvt. Ltd.को ब्यानरमा निर्माण हुनेछ। फिल्मको डिजिटल अधिकार OSR Digitalले लिएको छ भने करणसिंह रसाली प्रोडक्सन म्यानेजर रहेका छन्।

सम्बन्धित समाचार

सबै