‘मालती मंगले’को सेन्सर सम्पन्न, शुक्रबारदेखि देशभर प्रदर्शन

0 Shares

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्ड सदस्यहरू पदमुक्त भएसँगै चलचित्र जाँच प्रक्रिया अन्योलमा परेको बेला पनि नेपाली फिल्म ‘मालती मंगले’को सेन्सर सफलतापूर्वक सम्पन्न भएको छ।

२ घण्टा ३८ मिनेट लामो यस फिल्मले सबै उमेर समूहले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको हो। प्रमाणपत्र लिन निर्माता तथा गायक रामकृष्ण ढकाल स्वयं उपस्थित भएका थिए।

चलचित्र विकास बोर्डले आवश्यक सेवाको रूपमा सेन्सर प्रक्रिया अघि बढाएपछि बोर्डकी प्रतिनिधि दीपा बस्नेतको उपस्थितिमा जाँचपास सम्पन्न गरिएको हो। पदेन सदस्यहरू तथा मन्त्रालय प्रतिनिधिहरूको सहभागितासहित प्रक्रिया अघि बढाइएको जनाइएको छ।

‘मालती मंगले’ यही वैशाख २५ गते (शुक्रबार) देशभर प्रदर्शनमा आउँदैछ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको निर्देशन प्रकु पाण्डेयले गरेका हुन् भने कथा पनि उनकै हो। पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल लगायतका कलाकारसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलासुनिल तामाङ को अभिनय रहेको छ।

यसअघि नै फिल्मका ट्रेलर, टिजर र ‘सुनैको सपनी’, ‘ढुंगा माथि लेउ’ तथा ‘झ्याम पारम’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन्, जसले दर्शकको ध्यान आकर्षित गरेको निर्माण पक्षको दाबी छ।

फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।

प्राविधिक पक्षमा महेश पौडेल (छायांकन), रोमी मोजेज (सम्पादन), कृष्ण भण्डारी (रङ संयोजन), सुजिल कर्माचार्य (ब्याकग्राउन्ड म्युजिक) र डिकेश खड्गी (ध्वनि मिश्रण) रहेका छन्। फिल्मलाई आरआर फिल्मस् ले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै