‘१२ गाउँ २’को छायांकन सुरु

0 Shares

नेपाली एक्सन फिल्म श्रृंखला ‘१२ गाउँ’ को बहुप्रतिक्षित सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु भएको छ। निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ। निर्माण टिमका अनुसार फिल्मलाई आगामी दशैंको फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

फिल्ममा बिराज भट्टसँगै समीर भट्ट, अनुप बिक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरीपूर्णबहादुर गन्धर्व लगायतका कलाकारहरूको अभिनय रहनेछ।

फिल्मको छायांकन निर्देशक फोटोग्राफी (DOP) का रूपमा महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्।

एक्सन दृश्यका लागि ईस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन्। फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन्। संगीतमा युग भुसाल, देवेन्द्र बरालडीपी खनाल रहेका छन्।

गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेलनिशान भट्टराई को स्वर रहनेछ।

निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्।

फिल्मको वितरण उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले गर्नेछन्।

एक्सन र मनोरञ्जनको मिश्रणसहित तयार भइरहेको ‘१२ गाउँ २’ दर्शकमाझ उच्च प्रतिक्षित फिल्म बनेको छ।

सम्बन्धित समाचार

सबै