कसले भन्यो – बालेनजी ! शक्तिको तुजुक नदेखाउनुस् ?

0 Shares

नेकपा संयुक्तले बालेन्द्र सरकारलाई आफ्ना कमजोरी सच्याएर असफलताको बाटोमा नजान आग्रह गर्दै ध्यानाकर्षण गराएको छ।

बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुला पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान सरकारप्रति नेपाली जनताले असफलताको दोहोरिने आशंका गर्न नचाहेको भन्दै सुधार गर्न सुझाव दिएका हुन्।

उनले सरकार बनेको डेढ महिना पनि नबित्दै केही निर्णयहरूले नागरिकलाई झस्काएको टिप्पणी गरे। विशेषगरी सुकुमबासी व्यवस्थापनको नाममा समाजको कमजोर वर्गप्रति गरिएको व्यवहारप्रति उनले आपत्ति जनाए।

 ‘यो सरकारले आफ्ना कमजोरीहरू सुधारोस् । हामी यो सरकार उल्ट्याउनुपर्छ भनेर सडकमा निस्किएका होइनौँ, तर तपाईँसँग धेरै ठूलो सामर्थ्य छ ,समय पनि तपाईँसँग छ नहतारिनुस्, नहडबडाउनुहोस्, तुजुक नदेखाउनुहोस् । यस्तो तुजुक हिजोका धेरै पपुलर र लोकप्रियसाथ आएका मान्छे देखेका/व्यहोरेका हौँ । हामीले शक्तिको तुजुक देखाउने सरकार खोजेका होइनौँ ‘, भुसालले भने, यो बहुमतलाई लोकतान्त्रिक स्थिरताका साथ मुलुकलाई समृद्धिका लागि अघि बढाउन योगदान गर्नुस् जनता तपाईँका साथमा छन् । यदि यसबाट तपाईँ विचलित हुनुभयो, जनता तपाईँबाट डराउने दिन आयो भने यसको परिणाम राम्रो हुँदैन ।’

उनले शक्तिको दम्भ देखाउने प्रवृत्तिबाट टाढा रहन सरकारलाई सुझाव दिँदै लोकतान्त्रिक स्थिरता र समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरे।

त्यसैगरी, ट्रेड युनियन र विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन पनि उनले सरकारलाई आग्रह गरे।

अध्यादेशमार्फत बहुमतको गरिमा घटाउने काम भएको उनको आरोप छ। साथै, कालापानी–लिपुलेक क्षेत्रका विषयमा राष्ट्रिय सहमति र एकतामा आधारित कूटनीतिक पहल गर्न पनि उनले सरकारलाई सुझाव दिएका छन्।

सम्बन्धित समाचार

सबै