0
Shares
जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्त बहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मी का अनुसार ४१ वर्षीय बुढालाई २८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो।
पीडित युवतीले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउपछि बुढालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।