‘महाभारत’बाट रंगमञ्चमा डेब्यू गर्दै मनोज गजुरेलको

0 Shares

काठमाडौं ।
कान्तिपुर थिएटर ले मञ्चन गर्न लागेको नाटक महाभारत मार्फत हास्य कलाकार मनोज गजुरेल रंगमञ्चमा डेब्यू गर्ने भएका छन्। स्टार कलाकारलाई लिएर निरन्तर नाटक मञ्चन गर्दै आएको थिएटरले बुधबार आफ्नो नयाँ प्रोजेक्ट सार्वजनिक गरेको हो।

कुलदीप कुणालले लेखेको नाटकलाई नवीन भट्ट ले निर्देशन गर्दैछन्। नाटकमा गजुरेलसँगै अभिनेता रमेश बुढाथोकीविशाल पहारी पनि मुख्य भूमिकामा देखिनेछन्।

हाल नाटकको रिहर्सल कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा भइरहेको छ। अन्य कलाकारमा सन्दीप श्रेष्ठ, सुप्रज्ञा शर्माप्रतीक चौधरी सहित करिब २० जना कान्तिपुर थिएटरका कलाकार मञ्चमा देखिनेछन्।

प्राविधिक पक्षमा नाटकको नेपाली अनुवाद तथा नाट्य रूपान्तरण प्रकाश दाहाल ले गरेका छन्। लाइट डिजाइन दीपेश गजुरेल, सेट डिजाइन तुफान थापा र संगीत संयोजन अनुप तिमिल्सिना ले सम्हालेका छन्।

नाटक महाभारत यही जेठ ८ गतेदेखि ३१ गतेसम्म मञ्चन हुनेछ। यसअघि कान्तिपुर थिएटर ले मीरा, शिरीषको फूलमहारानीको जात्रा जस्ता नाटकहरू मञ्चन गरिसकेको थियो, जसमा रेखा थापा, जीवन लुइँटेलबेनिशा हमाल लगायत कलाकारको अभिनय रहेको थियो।

थिएटरको पछिल्लो नाटक सेतो धरती लगातार हाउसफुल हुँदै शनिबार अन्तिम मञ्चन सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

सबै