प्रिमियरमै वाहवाही बटुल्यो ‘मालती मंगले’, १५० भन्दा बढी शोसहित देशभर प्रदर्शन सुरु

0 Shares

काठमाडौं । नेपाली फिल्म मालती मंगले आजदेखि देशभर प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै आक्रामक ओपनिङ गरेको वितरक पक्षले जनाएको छ।

प्रदर्शनअघि आयोजित ग्रान्ड प्रिमियरमा राजनीतिज्ञ, कलाकार र समीक्षकहरूले फिल्मको खुलेर प्रशंसा गरेका थिए। रबी लामिछाने ले फिल्मलाई “नेपाली समाजले भन्नै पर्ने कथा”को संज्ञा दिएका थिए। प्रिमियरपछि सामाजिक सञ्जालमा समेत फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ।

फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयलाई दर्शक तथा समीक्षकले विशेष रूपमा रुचाएका छन्। अभिनेता विजय बराल ले फेरि एकपटक स्वाभाविक अभिनयमार्फत दर्शकको मन जितेका छन् भने अभिनेत्री वर्षा राउत को अभिनयलाई करियरकै उत्कृष्ट प्रदर्शनमध्ये एक मानिएको छ।

टेलिभिजन कमेडी शोमार्फत परिचित मेक्सम गौडेल को ठूलो पर्दामा देखिएको प्रभावशाली उपस्थितिलाई पनि फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ। साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलासुनिल तामाङ को अभिनयले पनि फिल्मलाई थप बलियो बनाएको प्रतिक्रिया आएको छ।

रानी फिल्म्सयुनि इन्टरटेन्मेन्ट को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन्। सामाजिक कथावस्तुमा आधारित फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद संयोग गुरागाईं ले लेखेका हुन्।

फिल्मका निर्माता रामकृष्ण ढकाल हुन् भने सागर ज्ञवाली कार्यकारी निर्माताका रूपमा रहेका छन्। प्राविधिक पक्षमा पनि फिल्मलाई बलियो मानिएको छ। छायांकन महेश पौडेलले गरेका हुन् भने सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी, पार्श्व सङ्गीत सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ।

प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियासँगै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै