‘मन विनाको धन २’ बन्ने घोषणा, मुख्य भूमिकामा अनुबन्धित भइन् पूजा शर्मा

0 Shares

काठमाडौं । गत वर्ष बक्सअफिसमा सफल भएको नेपाली फिल्म मन विनाको धन को सिक्वेल निर्माण हुने भएको छ । निर्माण टिमले मन विनाको धन २ निर्माणको औपचारिक घोषणा गर्दै फिल्मको तयारी सुरु भएको जनाएको छ ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको मन विनाको धन ले घरेलु बक्सअफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो । सिक्वेललाई पनि निर्देशक टंक बुढाथोकी ले नै निर्देशन गर्नेछन् । यो फिल्म टंक बुढाथोकी प्रोडक्सन को दोस्रो प्रस्तुति हुनेछ ।

फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखिरहेका छन् । कथा र संगीत भने निर्देशक टंक बुढाथोकी कै रहने निर्माण पक्षले जनाएको छ ।

यसैबीच, फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन् । आइतबार पूजा र निर्देशक टंकबीच औपचारिक सम्झौता भएको हो । फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ ।

निर्माण टिमले अन्य कलाकारको नाम भने हालसम्म सार्वजनिक गरेको छैन । निर्देशक टंक बुढाथोकी ले प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको बताउँदै अन्य कलाकारलाई पनि क्रमशः अनुबन्धित गरिने जानकारी दिए ।

अभिनेत्री पूजा शर्मा ले पारिवारिक कथावस्तु र टिम मन परेका कारण फिल्ममा काम गर्न सहमत भएको बताइन् । उनका अनुसार फिल्ममा आफ्नो भूमिका विशेष रहेको छ ।

मन विनाको धन २ लाई विष्णु माया मैनाली ले निर्माण गर्नेछिन् ।

सम्बन्धित समाचार

सबै