डेब्यु निर्देशक विनयराज पौडेलको ‘अक्षरा’को छायांकन सुरु

0 Shares

काठमाडौं । निर्देशक विनयराज पौडेल को डेब्यु निर्देशनमा बन्न लागेको नेपाली फिल्म अक्षरा को औपचारिक छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबारदेखि काठमाडौंमा फिल्मको सुटिङ सुरु गरेको जनाएको छ । केही दिनअघि गुहेश्वरी मन्दिर मा स्क्रिप्ट पूजा सम्पन्न भएपछि फिल्म फ्लोरमा गएको हो ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन तालिका एक महिनाको तय गरिएको छ । निर्देशक विनयराज पौडेल ले पटकथा, संवाद र कलाकार तयारीमा पर्याप्त गृहकार्य गरेर मात्रै सुटिङ सुरु गरिएको बताए । उनका अनुसार कलाकारलाई कार्यशाला गराएपछि मात्र छायांकनमा सहभागी गराइएको छ ।

क्षित बाबु प्रोडक्सन हाउस को प्रस्तुतिमा निर्माण भइरहेको अक्षरा मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहसृजना अधिकारी को मुख्य अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारका रूपमा रोनक खड्काप्रीसा ढुङ्गाना पनि देखिनेछन् ।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुङ्गानासुग्रसेन ढुङ्गाना रहेका छन् । पटकथा तथा संवाद अभिमन्यु निरवी ले लेखेका हुन् । फिल्ममा सुरेन्द्र राना को शब्द र कर्णराज गिरी को संगीत रहनेछ ।

दिपेन बस्न्यात ले छायांकन गरिरहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जन को रहनेछ । साथै, मदन न्यौपाने को श्रृंगार, प्रार्थना भट्टराई को भेषभूषा तथा सुमन काफ्ले को निर्माण व्यवस्थापन रहेको छ ।

फिल्मको पोस्टर डिजाइन राकेश दाहाल ले गरेका हुन् । नेपालभर वितरण नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगाल ले गर्नेछन् ।

निर्देशक विनयराज पौडेल ले यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । लामो अनुभवपछि उनले अक्षरा मार्फत स्वतन्त्र निर्देशनमा डेब्यु गरेका हुन् ।

सम्बन्धित समाचार

सबै