गीतकार रामेश्वर के.सी. र बबिना भट्टराईको गीति एल्बम ‘आरम्भ’ सार्वजनिक

0 Shares

काठमाडौं । गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को स्वर र संगीत रहेको गीति एल्बम आरम्भ सार्वजनिक गरिएको छ । पाँच फरक स्वादका गीत समेटिएको एल्बम शनिबार काठमाडौंको लिसारा रिसेप्सन मा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायत नेपाली सांगीतिक क्षेत्रका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी. को शब्द सिर्जना तथा बबिना भट्टराई को गायन र संगीत संयोजनको खुलेर प्रशंसा गरेका थिए ।

गायिका तथा संगीतकार बबिना भट्टराई लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनले आधुनिक, गजल, भजन, लोक तथा बालगीत विधामा थुप्रै गीतमा स्वर र संगीत दिएकी छन् ।

कार्यक्रममा आरम्भ मा समावेश तीन वटा म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । एल्बमका पाँचवटै गीतका भिडियो YouTube मा रहेको बबिना भट्टराईको आधिकारिक च्यानलमार्फत हेर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार

सबै