४ वर्षमै सकियो मौनी रोयको विवाह? इन्स्टाग्रामबाट श्रीमानलाई अनफलो गरेपछि बढ्यो डिभोर्स चर्चा !

0 Shares

मुम्बई । चर्चित टेलिभिजन तथा बलिउड अभिनेत्री मौनी रोय र उनका श्रीमान सूरज नम्बियारबीच सम्बन्धमा दरार आएको चर्चा चुलिएको छ।

४० वर्षीया अभिनेत्री मौनी रोयले इन्स्टाग्रामबाट श्रीमान सूरज नम्बियारलाई अनफलो गरेपछि सामाजिक सञ्जालमा उनीहरूको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका हुन्।

सन् २०२२ मा भव्य समारोहबीच विवाह बन्धनमा बाँधिएका मौनी र सूरज लामो समयदेखि बलिउडका चर्चित जोडीमध्ये एक मानिन्थे। तर पछिल्लो सामाजिक सञ्जाल गतिविधिले फ्यानहरूलाई आश्चर्यमा पारेको छ।

मौनीले श्रीमानलाई अनफलो गरेसँगै दुवैबीच दूरी बढेको र सम्बन्ध विच्छेदसम्मको अवस्था आउन सक्ने अनुमान सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेका छन्। यद्यपि, यस विषयमा मौनी वा सूरज कसैले पनि आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

अभिनेत्री मौनी रोय आफ्नो ग्ल्यामर शैली र अभिनयका कारण चर्चामा रहने गर्छिन्। उनले टेलिभिजनबाट अभिनय यात्रा सुरु गर्दै बलिउडमा समेत सफल पहिचान बनाएकी छन्।

फ्यानहरूले भने यो केवल व्यक्तिगत निर्णय वा अस्थायी मतभेद हुन सक्ने अनुमान पनि गरिरहेका छन्। आधिकारिक पुष्टि नभएसम्म डिभोर्सको चर्चा केवल अड्कलबाजीमै सीमित रहेको छ।

सम्बन्धित समाचार

सबै