विवादबीच पनि ‘लालीबजार’को कमाइमा उछाल, छैटौं दिनसम्म २ करोड ४० लाख ग्रस

0 Shares

काठमाडौं । चौतर्फी विवाद र आलोचनाबीच पनि स्वस्तिमा खड्का स्टारर फिल्म लालीबजारको बक्सअफिस प्रदर्शन उत्साहजनक रूपमा अघि बढिरहेको छ। प्रदर्शनको मध्यतिर आइपुग्दा फिल्मको अकुपेन्सी, शो संख्या र आम्दानीमा वृद्धि देखिएको निर्माणपक्षले जनाएको छ।

निर्माता म्याक्स दिपेश खत्रीका अनुसार, फिल्मले प्रदर्शनको छैटौं दिन बुधबारसम्म देशभर करिब २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। यद्यपि, चलचित्र विकास बोर्डको आधिकारिक बक्सअफिस तथ्यांक भने आउन बाँकी रहेको उनले बताए।

पहिलो सप्ताहन्तको तुलनामा मध्य साता प्रवेश गर्दै फिल्मको दर्शक चाप अझै बढ्दो रहेको निर्माणपक्षको दाबी छ। केही स्थानमा शो संख्या थपिएको र दर्शक उपस्थिति पनि स्थिर रूपमा कायम रहेको जनाइएको छ।

विवाद र आलोचनाबीच पनि लालीबजारले व्यापारिक रूपमा गति लिनु फिल्मप्रति दर्शकको चासो कायम रहेको संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै