‘लालीबजार’माथिको रोक माग अस्वीकार, सर्वोच्चले पनि दियो फिल्म प्रदर्शनलाई अनुमति

0 Shares

फिल्म लालीबजार को प्रदर्शन रोक्न माग गर्दै रोशनी वादीले दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चले उच्च अदालतको अघिल्लो आदेशलाई सदर गर्दै फिल्म प्रदर्शनमा कुनै रोक नलगाउने फैसला सुनाएको हो।

माननीय न्यायाधीशद्वय महेश शर्मा पौडेलसुनिलकुमार पोखरेल को संयुक्त इजलासले शुक्रबार उक्त मुद्दा खारेज गरेको हो।

फिल्म लालीबजार को पक्षमा बहस गरेका अधिवक्तामध्ये एक ताराकुमार श्रेष्ठ का अनुसार अब फिल्म बिना कुनै कानुनी अवरोध देशभर प्रदर्शन हुने बाटो खुलेको छ।

सम्बन्धित समाचार

सबै