‘गौँथली’का दुई पोस्टर सार्वजनिक,दर्शकमा जगाउला त आकर्षण ?

0 Shares

काठमाडौं । नेपाली फिल्म गौँथली का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेका पोस्टरले फिल्म ग्रामीण जीवन र भावनात्मक कथामा आधारित रहेको संकेत गरेका छन्।

पहिलो पोस्टरमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुलाहा–दुलहीको पहिरनमा देखिन्छन्। पोस्टरमा ग्रामीण परिवेश, खरले छाएको घर र सामान्य जीवनशैली स्पष्ट झल्किन्छ। बेहुलाको पोशाकमा देखिएका अरुणको शारीरिक अवस्थाबारे संकेत गर्ने दृश्यात्मक तत्वहरू पनि पोस्टरमा देखिएका छन् भने सिम्रनको अनुहारमा तनावपूर्ण भाव देखिन्छ।

दोस्रो पोस्टरमा सिम्रन खड्का एक्लै डोकोमा स्याउला बोकेर हिँडिरहेकी देखिन्छिन्। खाली खुट्टा भए पनि पुस्तक पढ्दै गरेको दृश्यले उनको अध्ययनप्रतिको लगाव र संघर्षलाई संकेत गर्छ। पृष्ठभूमिमा देखिने हिमाली क्षेत्रले फिल्म उच्च पहाडी ग्रामीण जीवनमा आधारित रहेको स्पष्ट पार्छ।

निर्देशक डा. कपिल रिजाल का अनुसार फिल्मको नाम ‘गौँथली’ घर, परिवार र आत्मीय सम्बन्धको प्रतीकात्मक अर्थमा राखिएको हो। गौँथली साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ। यो वर्ष ग्रामिण परिवेशका सिनेमाहरु लगातार रिलिज भइरहेको सन्दर्भमा “गौंथली’ले दर्शकलाई कुन तहमा आकर्षित गर्ला त त्यो भने यसका थप प्रचार सामाग्रीसँगै स्पष्ट  हुँदै जानेछन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओलीप्रिन्स नेपाली देखिनेछन्।

फिल्मको कथा डा. भोला रिजाल ले लेखेका हुन् भने पटकथा तथा संवादमा डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपालगिरिराज घिमिरे को सहकार्य रहेको छ।

निर्माण पक्षका अनुसार फिल्म ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी आत्मीयता हो।

भोला रिजाल प्रोडक्सनसुमन गिरी प्रोडक्सन को प्रस्तुतिमा बनेको फिल्ममा कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्मातामा सुमन गिरीडा. कपिल रिजाल रहेका छन्।

संगीतमा शम्भुजीत बासकोटा, थानेश्वर गौतमप्रशान्त सिवाकोटी को योगदान रहेको छ भने पाश्र्व संगीत एलिस कार्की ले गरेका छन्।

छायांकन हरि हुमागाईं ले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्। मुख्य सहायक निर्देशक गिरिराज घिमिरे रहेका छन्।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्टएफ.डी. कम्पनी ले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सम्बन्धित समाचार

सबै