‘रोल नं १’ को ट्रेलर सार्वजनिक, हेर्नुस् ट्रेलरले के देखायो खास कुरा?
0
Shares
काठमाडौँ । नेपाली चलचित्र रोल नं १ को ट्रेलर सार्वजनिक गरिएको छ। प्रचार–प्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरले विशेषगरी बाल मनोविज्ञान र शिक्षासँग जोडिएको सामाजिक यथार्थलाई उजागर गरेको छ। बाबुले छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदिओस् भन्ने चाहना राखे पनि छोराको रुचि फरक रहेको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।
परिवारको अपेक्षा पूरा गर्न खोज्दा पनि असफल हुने बालकको संघर्षमार्फत फिल्मले बाल मनोविज्ञानलाई गहिरो रूपमा देखाएको छ। गरिबीका कारण छात्रवृत्ति पाउन नसक्ने अवस्था र ‘पहिलो हुने मात्र सफल’ भन्ने सामाजिक सोचले विद्यार्थीमाथि पार्ने दबाबलाई पनि ट्रेलरमा चित्रण गरिएको छ।
पुरानै सोचमा जकडिएको शिक्षा प्रणाली, घोकन्ते शिक्षाको प्रभाव र त्यसले बालबालिकाको मानसिकतामा पार्ने असरलाई बुवा–छोराको सम्बन्धमार्फत प्रस्तुत गरिएको छ।