जन्मकैद सजाय भोगिरहेकी २५ वर्षीया सपना तामाङ सुन्धारा जेलबाट फरार,कसरी भइन त फरार ?

0 Shares

केन्द्रीय कारागार सुन्धाराबाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी फरार भएकी छन् । शुक्रबार बिहान करिब साढे १ बजेतिर उनी कारागारको पर्खाल नाघेर भागेको जानकारी सार्वजनिक भएको हो ।

कारागारका जेलर कृष्ण चापागाईं का अनुसार फरार हुने महिला २५ वर्षीया सपना तामाङ हुन् ।

उनी अपहरण, शरीरबन्धक तथा कर्तव्यज्यानजस्ता गम्भीर मुद्दामा जिल्ला अदालत रसुवा बाट दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेकी थिइन् ।

फरार भएपछि प्रहरीले उनको व्यापक खोजी सुरु गरिसकेको छ । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ ।

यस घटनालाई लिएर अहिले प्रहरी र कारागार प्रशासनले आन्तरिक छानबिन थालेका छन् ।

सम्बन्धित समाचार

सबै