‘दुखी आत्मा’का तीन पोस्टरमा यस्तो देखिए दया, आँचल र आना

0 Shares

दीपेन्द्र लामा लिखित तथा निर्देशित ‘दुखी आत्मा’ सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

सिनेमाले सोमबार विभिन्न ३ डिजाइनका पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक तीन मध्ये एउटामा दयाहाङ राईलाई एकलरुपमा प्रस्तुत गरिएको छ भने दोश्रो पोस्टरमा दयालाई आँचल शर्मा प्रेमील भावमा देख्न सकिन्छ ।

यसैगरी तेश्रो पोस्टरमा दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही,बुद्धि तामाङ,रेअर राई,लोकेन्द्र लेखक र आशान्त शर्मालाई अटाइएको छ ।

सिनेमा फागुन २ गते रिलिज हुनेछ ।

पोस्टरले दर्शकमा आकर्षण जगाउने देखिन्छ ।

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता समेत समेटिएको छ ।

आलोक शुक्लाले खिचेको सिनेमा निमेष श्रेष्ठ सम्पादक हुन । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

सम्बन्धित समाचार

सबै