सुनसरीको श्रीलंका टापुबाट सुरु भयो ‘महाराजधिराज’को छायांकन, फूलपातीमा प्रदर्शन गर्ने तयारी

0 Shares

बहुप्रतिक्षित नेपाली फिल्म ‘महाराजधिराज’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको फिल्मको पहिलो चरणको छायांकन सुनसरीस्थित श्रीलंका टापुबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ ।

निर्देशक परिच्छेद सेनका अनुसार श्रीलंका टापुमा करिब एक सातासम्म छायांकन गरिनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानहरूमा बाँकी दृश्य खिचिनेछन् । फिल्मको सम्पूर्ण छायांकन ७० दिनसम्म चल्ने तालिका तय गरिएको छ ।

निर्देशक सेनले ‘महाराजधिराज’लाई सोसल पिरियड ड्रामाको रूपमा तयार पारिएको बताएका छन् । फिल्मको छायांकन नबराज थापाले गरिरहेका छन् ।

फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी.सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ ।

त्यस्तै हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारीकमल देवकोटाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

८० भन्दा बढी कलाकार समेटिएको फिल्ममा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओलीसपना घिसिङलगायत कलाकारको सहभागिता रहनेछ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको लेखन निर्देशक परिच्छेद सेन स्वयंले गरेका हुन् ।

फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेलटोपेन्द्र विष्ट रहेका छन् । निर्माण टिमले ‘महाराजधिराज’लाई आगामी फूलपातीमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै