‘मैझारो’बाट फ्लपको झट्का खाएका विल्सन फर्किए सानोपर्दामा, ‘फुर्के नम्बर १’ ल्याए नयाँ स्वादमा

0 Shares

 फर्कियो, नेपाल–भारतका चर्चित कमेडियन एउटै पर्दामा

लोकप्रिय हास्य सिरीज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपसहित पुनः दर्शकमाझ आएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशनमा बनेको यो सिरीज हरेक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत प्रसारण भइरहेको छ।

निर्माण टिमका अनुसार यस साता प्रदर्शन हुने नयाँ एपिसोड अघिल्ला भागहरूको तुलनामा अझ परिष्कृत, आकर्षक र मनोरञ्जनात्मक हुनेछ। विशेष रूपमा यस एपिसोडमा नेपाल र भारतका चर्चित रैथाने कमेडियनहरूलाई एउटै पर्दामा प्रस्तुत गरिएको छ।

दार्जिलिङबाट लोकप्रिय बनेको ‘राइजिङ ब्वाइज’ समूहका अमित सुब्बा ‘भक्क्ते’ र कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली—सुकरानी सुब्बा तथा ब्रेजा चाम्लिङ—यस सिरीजका मुख्य आकर्षणका रूपमा रहनेछन्। त्यस्तै, सिक्किमका बहुप्रतिभाशाली क्यारिकेचर आर्टिष्ट सुरज र कमेडियन प्रविन गुरुङको समेत अभिनय देख्न पाइनेछ।

सिरीजमा नेपालका चर्चित कलाकारहरू कविता आले, बुधी तामाङ, रबिन्द्र झा, रजनी गुरुङ र उदय सुब्बाको अभिनय रहेको छ। प्राविधिक टिममा विक्रम डिसी (छायाङ्कन), रविन्द्र खड्का (सम्पादन) र निपेश राई (सह-निर्देशन) रहेका छन्।

निर्मात्री सरीना लामा (राई), डी.बी. राई तथा निर्माण युनिटले ‘फुर्के नम्बर १’को यो नयाँ प्रस्तुतीकरणले दर्शकलाई फरक स्वाद र नयाँ मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै